रौतहट ,७पुस ।जनमत पार्टीका बृहत आमसभा सोमबार रौतहट मुख्यालय गौरको राइस मिल मैदानमा विशाल जनसहभागिता सहित कार्यक्रम सम्पन्न भएको छ। जनमत मुस्लिम संघको आयोजित
कार्यक्रम जनमत पार्टी का केन्द्रीय अध्यक्ष सिके राउतका प्रमुख आतिथ्यको रुपमा सभासम्बोधन गर्दै भने रौतहट वासीले मेरो प्रतिक्षा गरि आफनो अधिकार प्राप्ति हेतु आफै अगाडि आएकोमा सुकृया छ।
रौतहट जिल्लाले करिब ७० वर्ष देखि मधेस मधेसीको मुद्दा को सबालमा ईतिहास बोकेको छ।२००७ सालमा रानाको बिरोधमा १० हजारको सङ्ख्यामा किसानहरूले किसान आन्दोलन गरेका छन् ।त्यो आन्दोलन सयौं सहादत थिए सो मध्ये एक राम मनोहर प्रसाद कुवर पनि हुन् ।२००९ सालमा हरुदा चरुआ आन्दोलन रौतहट बाट नै सुरुवात भएको थियो। जब जब जनताको अधिकार शासक वर्गले गरे अनि रौतहटबाट आन्दोलन भएकै हो रौतहट हरेको आन्दोलनको उद्गम स्थल हो उनले भने।
मलाई पहिला बिना कारणको जनकपुर र सप्तरी बाट प्रहरीले पक्राउ गरे पछि रौतहटको ५ साथीले रौतहटको गरुडा झान्झपुल चौक स्थित सिके राउतलाई रिहा गर नारा सहित आन्दोलन गरे।
त्यस पछि रौतहटको साथीहरूलाई थुनामा राखी म माथी देश बिद्रोह का मुदा सरकारद्वारा चलाइयो।रौतहट जिल्ला अदालतमा तारिख लिन आउदा अदालतको प्राङ्गणमा प्रहरीले पक्राउ गरि गौर जेल चलान गरेको थियो ।दुनिया कहि यस्तो अदालत बाट तारीख लिनेलाई प्रहरीले पक्राउ गर्ने कुनै कानुनै छैन ।मधेसी भएकै कारण यस्तो भयो उहाले बताए।

सपा र राजपालाई अङ्कित गर्दै भने दुध खाने बिरालो अनि दूध को रखवार बिरालोलाई राख दियो भने मौका छोपी दुध पिइ हाल्छ नि।मधेस मुद्दाहरूको यी दुबै पार्टीले बेची सकेका छन् ।
कोहि नेपाली काङ्ग्रेस बाट आएको हो भने कोहि कम्युनिस्ट बाट फेरि पुनः आफ्नो घरमा जलान।
यी पार्टी का कुनै पनि नेता मधेस मुद्दा को आन्दोलनमा जेल गएको छैन ।
सिके राउत मधेस आन्दोलनमा जेल गएको हो।मधेस अधिकार सुनिश्चित हेतु जनताको बीच बाट जन्म लिएका पार्टी हो जनमत पार्टी ।जस्को चुनाव चिन्ह हो लाउडस्पिकर।आवाज बिहिन जनताको आवाज सुनिश्चित गराउने पार्टी हो।
कार्यक्रममा मधेस पुन्जको अध्यक्ष ललित मल्लिक सानू,केन्द्रीय सदस्य अब्दुल कलाम ,जिल्ला ईन्चार्ज बिरेन्द्र साह ,जिला अध्यक्ष अशोक सिङ्ह ,नेता मनोज गिरी, जमिल अख्तर लगायत उपस्थित रहेको थियो।सहिदका बुबा शेख फिरोज अख्तरले कार्यक्रमको अध्यक्षता गरेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here