काठमाडौंं,८ पाैष । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै यादवले मङ्गलबार एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन् ।
![](https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.15752-9/81108660_1149188652080034_5976140134150569984_n.jpg?_nc_cat=105&_nc_ohc=RkTsVasOAn0AQnDhMPaD8kZNst4KyqbsAehBV9bycPRJ3lMwwQU9zGvUg&_nc_ht=scontent.fktm1-1.fna&oh=e953632be567876c2371cf3d014485bd&oe=5E6A4F01)
त्यस्तै समाजवादी पार्टी कै अर्का मन्त्री माेहमद ईस्तियाक राईनले पनि शहरी विकास मन्त्रीबाट राजिनामा दिएकाे छ । अध्यक्ष यादवले राजिनामा दिएकाे केही समयकाे अन्तरालमा राईनले राजिनामा दिएकाे घाेषणा गरेकाे छ ।
![](https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.15752-9/79958095_2508290692783929_8494315485981048832_n.jpg?_nc_cat=108&_nc_ohc=GSlT3oPhxx4AQmF_G8l7DconAuciSO3wK3TKolB2JJKxPg_zlF72vbkDA&_nc_ht=scontent.fktm1-1.fna&oh=2de085c6aecbd53a920b29a8c2010816&oe=5EA693CB)
केही दिनअघिदेखि समाजवादी पार्टी नेपालले सरकारबाट बाहिरिने तयारी गरेको थियो । संविधान संशोधनको लागि भन्दै सरकारमा सहभागी भएको सो पार्टीले त्यो सम्भव नहुने देखिएपछि सरकारबाट बाहिरिनुपरेको बताउँदै आएको छ ।