धनुषा ७ पुस। जनकपुरको तिरहुतिया बजारमा बीच सडकमा भेटिएको शंकास्पद वस्तु पुत्ला रहेको खुलेको छ ।
जनकपुरको संघीय प्रहरी इकाई कार्यालयभन्दा करिब ५० मिटर दुरीमा रहेको बजार छेउमा शंकास्पद वस्तु भेटिएको थियो ।
बोरामा बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएपछि बिहानै देखि सो क्षेत्रको अवागमन ठप्प बनेको थियो ।
उक्त वस्तुलाई डिस्पोज गर्नका लागि नेपाली सेनाको बम डिस्पोजल टोली आइपुगेको थियो ।
टोलीले बमको आशंकामा उक्त वस्तु डिस्पोज गर्दा खोज्दा पुत्ला निस्किएको थियो ।