रौतहट, २ पौष । प्रदेश नं.२ का भुमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री एवम समाजवादी पार्टीका केन्द्रिय सदस्य योगेन्द्र राय यादवले पार्टी व्यापक मात्रामा महिलाहरुलाई प्रवेश गराएका छन् ।
गृह जिल्ला रौतहटको जयनगरमा राज्यमन्त्री यादवले आज करिब हजारको संख्यामा महिलाहरुलाई समाजवादी पार्टीमा प्रवेस गराएका हुन। गरुडा नगरपालिका वडा नं.१ अन्र्तगत रहेको जयनगरमा बुधवार आयोजित एक कार्यक्रमका बिच युवा विभाग प्रमुख समेत रहेका राज्यमन्त्री यादवले उक्त महिलाहरुलाई समाजवादी पार्टीमा प्रवेस गराएका हुन ।
राज्यमन्त्रीको व्यवहार तथा बोली र कार्यशैलीबाट प्रभावित भएकामहिलाहरुलाई पार्टीमा प्रवेश गरे पछि राज्यमन्त्री यादवले पार्टीमा स्वागत गरेका छन् ।

गरिव, दलित, असाहाय, महिला, वृद्धवृद्धा, मुस्लिम लगाएतको एक मात्रै पार्टी समाजवादी पार्टी नै रहेको भन्दै नेकपा, कांग्रेस, राजपा लगाएतका पार्टी परित्याग गरी महिलाहरु सामुहिक रुपमा नै समाजवादी पार्टीमा प्रवेस गरेका छन ।

यसै विच राज्यमन्त्री यादवले महिलाहरुलाई व्यापक संख्यामा पार्टी भित्राउन सहयोग गर्ने माधव नारायण नगरपालिकाका मेयर विरेन्द्र राय यादव तथा रौतहटका महिला अभियानी गीता कुशवाहा र सरस्वती यादवलाई उल्लेखनिय संख्यामा महिलाहरु समाजवादी पार्टीमा प्रवेश गरेकोमा धन्यवाद व्यक्त गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here