काठमाडौ, १ पौष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उप–प्रशासक जयप्रसाद रेग्मीलाई गुठीको जग्गा गुठीमै कायम गर्ने मुद्भामा घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।
काठमाडौं महानगरपालिका–१ स्थित गुठीको जग्गासम्बन्धी संस्थानमा चलिरहेको मुद्दा हेर्दा घुस लिएको र पछि त्यो रकम फिर्ता गरेको सम्बन्धमा सूचना र प्रमाणका आधारमा चौधरी र रेग्मीलाई नियन्त्रणमा लिएको प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।
उनीहरुलाई संस्थानको त्रिपुरेश्वरस्थित कार्यालयबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। कति रकम घुसवापत लिएका थिए र पछि फिर्ता गरे भन्नेबारे अनुसन्धानपछि खुल्ने कोइरालाले जानकारी दिए।
उनीहरुलाई अहिले अख्तियारको टंगालस्थित कार्यालयमा राखिएको छ। संभार ः कान्तिपुर ।