काठमाडौ, ३० मंसिर। स्वर्गीय कलाकारद्वय केशव भट्टराई र दीपक क्षत्रीको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
कलाकार क्षत्रीको शनिबार निधन भएको थियो भने चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका भट्टराईको आइतबार राति निधन भएको थियो । अन्तिम संस्कार भने आजै पशुपति आर्यघाटमा एकै समयमा भएको हो ।
कलाकारद्वयलाई श्रद्धाञ्जली दिन सूचना तथा सञ्चारप्रविधिमन्त्री गोकुल बाँस्कोटा पशुपति आर्यघाट पुगेका थिए । सो क्रममा उनले स्वर्गीय भट्टराई र क्षतिको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए ।
यसअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट दुबै कलाकारको पार्थिक शरीर अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको थियो । जहाँ कलाकार, विभिन्न दलका नेता तथा शुभेच्छुक अन्तिम श्रद्धाञ्जलीका लागि पुगेका थिए ।
शनिबार कलाकार क्षत्री डिल्ली बजारस्थित आफ्नै निवासको कोठाभित्र सुतेकै अवस्थामा मृत भेटिएका थिए ।
लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय रहेका ५८ वर्षीय क्षत्रीले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका छन्।
उनको अभिनय रहेको पछिल्लो चलचित्र ‘छ माया छपक्कै’ हो । यस्तै ‘सेतो सूर्य’ ‘सीमाना’, ‘राज्जा रानी’,‘झोला’ र ‘मसान’ लगायतका चलचित्रमा उनको अभिनय गरेका छ ।
यस्तै आइतबार राति चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका कलाकार भट्टराईको निधन भएको हो ।
भट्टराईको स्वास्थ्यमा एकाएक समस्या आएपछि उपचारका लागि चाबहिलस्थित ओम अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
भट्टराई अनामनगरमा बस्दै आएका थिए भने घरमा रहेकै बेला एकाएक स्वास्थ्यमा समस्या आएको थियो । उनको हृदयघातका कारण निधन भएको बताइएको छ ।
भट्टराई एक वर्षअघि चलचित्र विकास वोर्डको अध्यक्ष चयन भएका थिए।
करिब ३ दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय ५४ वर्षीय भट्टराई एक पत्नी र छोरा रहेका छन्। रातोपाटी अनलाईनमा कृष्ण खडकाले यो समाचार लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here