डोल्पा २८ मंसिर । किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन्। तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाँउपालिकाकी १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जुम्लाको गोठीचौर गाउँपालिका–४ का १९ वर्षीय लोकेन्द्र शाही पक्राउ परेको प्रहरी निरीक्षक जीवराज थापाले जानकारी दिए। मंसिर २५ राति करिब साढे आठ बजे आफुलाई शाहीले बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन्। पीडितले बिहीबार उजुरी दिएपछि पक्राउ परेका शाहीविरुद्ध अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक थापाले बताए।