रौतहट, २६ मंसिर ।
जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा अदालतबाट सजाय पाई फरार रहेका तिन प्रतिवादीहरु पक्राउ गरेको छ ।
जिप्रका गौरबाट खटिएको क्राइम इन्भेस्टिगेसन प्रहरी टोलीले कोभर अपरेसनकोमाध्यमबाट फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित अदालतबाट कैद तथा जरिवाना तोकिएका र हाल सम्म फरार रहेका बिभिन्न मुद्धाका अभियुक्तहरुलाई खोज तलाश गरि पक्राउ गदैं रौतहट जिल्ला अदालतमा कानुन बमोजिम आवश्यक कारवाहीको लागि पेश गरेको हो ।
पक्राउ पर्नेहरुमा जालसाजी मुद्दामा फरार रहेका लगत नं. १६३५ को प्रतिवादी जिल्ला रौतहट गढीमाई नगरपालिका वडा नं.०६ बस्ने सहदेव राय यादव, लुटपिट मुद्दामा फरार रहेका लगत नं. १४८२ को प्रतिवादी जिल्ला रौतहट गढीमाई नगरपालिका वडा नं.०६ बस्ने राम सिंहाशन राय यादव तथा जालसाजी मुद्दामा फरार रहेका लगत नं. १९८३ को प्रतिवादी जिल्ला रौतहट गढीमाई नगरपालिका वडा नं.०६ बस्ने घमण्डी राय यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सुचना शाखाले जानकारी गराएको हो ।