रौतहट, २६ मंसिर ।
चन्द्रनिगाहपुर सिटी जेसिसले बुधवार देखी चन्द्रपुर ८ स्थित धुर्मुस सुन्तली फाउन्डेसनले निमार्ण गरेको नमुनाबस्तिमा स्वास्थ्य शिविरको आयोजना गर्दै जेसिस सप्ताह सुरु गरेको छ ।

४७ घरधुरी रहेको मुसहर समुदायका बालबालिका, बृद्धबृद्धाहरुलाई लक्षित गरि आयोजना गरिएको शिविरमा १ सय २ जनाले स्वास्थ्य परिक्षण गराएको चन्द्रनिगाहपुर सिटी जेसिजका महासचिव दिलिप कुमार सापकोटाले जानकारी दिए ।

चन्द्रपुर अस्पताल प्रालिका संचालक डाक्टर सुबास कुमार चौधरी र चन्द्रनिगाहपुर सरकारी अस्पतालका प्रमुख डाक्टर अभिनन्दन श्रीवास्तबले स्वास्थ्य जांच गर्नु भएको थियो ।
बढी मात्रामा रुघा, खोकी, ज्वरो जस्ता बिरामी भेटीए पनि रक्तचाप र सुगरको जाच समेत गरीएको छ । दुबै अस्पतालका डाक्टरहरुले स्वास्थ्य जाच संगै निःशुल्क औषधी समेत बिरामीलाइ बितरण गरेका छन् ।

जाडोयाम सुरु भएकाले चिसोबाट बालबालिका र बृद्धबृद्धालाई जोगिन डाक्टरहरुले सुझाव दिएका छन् ।
चन्द्रनिगाहपुर सिटी जेसिजका अध्यक्ष निर्मल भण्डारीले जेसिज सप्ताह अन्तर्गत २६ गते सन्तपुरमा रहेको नमुनाबस्तिमा स्वास्थ्य शिविर सम्पन्न भएको र २७ शुक्रबार चन्द्रनिगाहपुरमा जनता संग जेसिज कार्यक्रममा सामाजीक संस्थाका अगुवा तथा जनप्रतिनिधीहरुलाई सहभागी गराउने, २७ गते नै बृन्दाबन नगरपालिकाको धमौराटोलमा रहेको डोमबस्तिका वालवालिकालाइ शैक्षिक सामाग्री बितरण गर्दै २८ गते समापन गर्ने कार्यक्रम रहेको जानकारी दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here