रौतहट, २६ मंसिर ।

रौतहटका विभिन्न स्थानमा खुल्याम रुपमा अवैध घरेलू मदिरा बने पनि प्रहरी मुखर्दशक बनि बसेको आरोप स्थानियबासीहरुले लगाएका छन् ।
बृन्दावन नगरपालिका वडा नं. १ स्थित बलरीको भोटेटोलमा खुल्याम रुपमा मदिरा बने पनि प्रहरीले रोकने प्रयास नगरेको स्थानियको आरोप रहेको हो । मदिरा उत्पादन कर्ताहरुले कच्चा पदार्थबाट मदिरा उत्पादन गर्ने गरेका छन् ।
सो गाउमा मदिरा उत्पादन भएपछि बच्चा देखी ठुलाबडा सम्मले मदिरा सेवन गर्ने गरेको बुद्धिजिविहरुले बताएका छन् ।
बलरीको भोटेटोलको मदिरा सेवन गर्न जिल्लाको विभिन्न स्थानबाट मदिरा सेवन कर्ताहरु आउनेगरेको स्थानीयले बताए।
स्थानीयका अनुसार सो गाउमा बनिरहेको मदिरा तत्काल रोकनु पर्ने देखिन्छ।
मदिरा बनाउन रोक्ने विषयमा स्थानीयले बिश्रामपुर प्रहरी चौकीमा पटक–पटक जानकारी गराएपनि प्रहरीले कुनै वस्था नगरेको स्थानीयबासीहरुले बताएका छ्न ।
मदिरा उत्पादनले समाजमा मदिरा सेवन गर्ने संख्या बढ्दै जानथाले हो। मदिराको उत्पादनले पछिल्लो समय बलरीमा चोरीको घटना बढदै गएको बुद्धिजिविहरुको भनाई रहेको छ । स्थानीय वासिन्दाले बताए अनुसार विश्रामपुर प्रहरी चौकीका प्रहरीहरुले मदिरा उत्पादन गर्नेहरुसंग मोटो रकम लिनेगरेको स्थानीयले आरोप समेत लगाएका छ्न ।
सो टोलबाट मदिरा ओसार पसार गर्नेसंग प्रहरीले लिने गरेको स्थानियले बताएका छन् । यता छिमेकी नगरपालिका चन्द्रपुर अबको केही महिना भित्र मदिरा मुक्त बन्ने भएपनी बृन्दावनको विभिन्न स्थान लगायत किराना पसलहरुमा पनि खुल्याम मदिरा बिक्री वितरण भईरहेको छ । सम्बन्धीत निकायले सो क्षेत्रमा अनुगमन गर्नुपर्नेमा स्थानीय बासिन्दाले जोड दिदै आएका छन् । मदिराका कारण सो स्थानमा कयौ पटक झगडा समेत हुने गरेको स्थानियले बताएका छन् । संभार तराईएक्सप्रेस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here