रौतहट, २५ मंसिर ।
रौतहट प्रहरीले जिल्लामा संचालित अबैध घरेलु मदिरा बनाउने भट्टी नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गौरबाट खटि गएको क्राइम इन्भेस्टिगेसन टोली (सिआइए) ले जिल्लाको राजपुर नगरपालिका वडा नं. ५ र सदरमुकाम गौर नगरपालिकाको वडा नं. ६ सवगढामा संचालनमा रहेको अवैध घरेलु मदिरा बनाउने भट्टी नष्ट गरेको हो ।

No photo description available.


प्रहरी टोलीले भट्टी नष्ट गर्ने क्रममा मदिरा निर्माणका लागि राखिएको १० हजार लिटर तयारी कच्चा पदार्थ तथा १ सय लिएर तयार मदिरा समेत नष्ट गरेको छन् । मदिरा बनाउन प्रयोग गरिने मेसिन २ थान तथा कच्चा पदार्थ राख्ने खाली ड्रम १२ थान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here