प्युठान २५ मंसिर। सडक डिभिजन कार्यालय चकचके प्युठानका दुई इन्जिनियर बिस लाख घुससहित पक्राउ परेका छन् ।
डिभिजन कार्यालय प्रमुख धु्रवकुमार श्रेष्ठ र इन्जिनियर नीरज महर्जनलाई मंगलबार अख्तियार टोलीले राजधानीको नयाँ बानेश्वरस्थित एक क्याफेबाट नियन्त्रण लिएको हो ।
उनीहरुले रनिङ बिल भुक्तानीवापत घुस लिएको खुलेको छ भने भ्रष्टाचार निवारण ऐनअन्र्तगत कारबाही प्रक्रिया अगाडी बढाइने अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here