रौतहट, २२ मंसिर । लैगिक हिंसा बिरुद्धको १६ दिने अभियान रौतहटमा पनि जारी रहेको छ । जारी अभियान अन्तर्गत आईतबार रौतहटको चन्द्रनिगाहपुरमा विभिन्न कार्यक्रमको आयोजना गरीएको छ ।
समानताको पुस्ता बलात्कार बिरुद्ध एक्यवद्धता सचेतना अभियान अन्र्तगत जिल्ला प्रशासक कार्यालय, जिल्ला प्रहरी , इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर लगाएत बिभिन्न सघसस्थाको आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रम पछि सार्वजनिक सवारी साधनमा लैंगिक हिंसा अन्त्यका लागि ‘सबै जुटौ, कोहि नछुटौं भन्ने शन्देस लेखिएको स्टीकर टांस्न शुरु गरीएको छ ।
प्रहरी प्रधान कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेबा निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरिक्षक पिताम्बर अधिकारीले चन्द्रनिगाहपुरमा सबारी साधनमा सो स्टीकर टाँसेर अभियानको शुरुवात गर्नु भएको छ ।अभियान सफल बनाउन प्रहरीलाइ सवै क्षेत्रले सहयोग गर्नुपर्ने , नेपाल प्रहरीले पछिल्लो समय समुदाय साझेदारी प्रहरी कार्यक्रम समाजमा हुने हिंसा अपराध न्युनिकरण गर्नका लागी संचालन गर्दै आएको समेत डिआइजी पिताम्वर अधिकारीले बताउनु भएको छ ।
सो अभियानमा महिलाअधिकारकर्मी, संचारकर्मी, चन्द्रपुरका सामाजीक अभियान्ताहरु, जनप्रतिनिधीहरु लगाएतको उपस्थिती रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कवित कटवालले जानकारी दिनु भएको छ ।