काठमाण्डौं, २२ मंसिर ।
एपेण्डिसाईटिसको शल्यक्रिया पछि अस्पतालबाट शनिबारप्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्किए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक भेटवार्तालाई तिव्रता दिईरहेका छन् ।
राजनिती भेटघाट तिब्र रहेकै बेला राजपाले पनि सरकारलाई समर्थन गर्ने हल्ला चलिरहेको छ । करिब दुई महिना देखि रिक्त रहेको सभामुख पदमा पावर शेयरिङ नै मुख्य कुरा रहेको भन्ने बुझिएको छ ।
राजपाको उक्त मागप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने सकारात्मक छन् ।
अर्का अध्यक्ष ओली पनि यसमा सहमत हुनसक्ने आँकलन गरिएको छ । समाजवादी पार्टीले सरकार छोड्ने तयारी गरिरहेको बेला मधेशवादी दलको समर्थन सरकारमा रहिरहोस भन्ने ओली र दाहालको चाहना छ ।
त्यसैले पनि नेकपाको नेतृत्व सभामुख राजपालाई दिन राजी हुने बुझिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राजपा नेपालबीच पछिल्लो समय सकारात्मक वार्ता तथा छलफल चलिरहेको छ ।
प्रधानमन्त्री ओलीले यसको लागि आन्तरिक गृहकार्य गरिसकेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग ओलीले यसबारेमा आन्तरिक सहमति बनाईसकेको स्रोतको दाबी छ ।
सकेसम्म नेकपाभित्रैबाट सभामुख बनाउनुपर्ने दबाब पार्टीभित्रबाट आएपनि अध्यक्षद्धय ओली र दाहालले यसबारेमा ठोस निर्णय गरिनसकेको स्रोतको दाबी छ ।
संविधानअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने व्यवस्था गरेको छ । सोहीअनुसार अहिले नेकपाबाट डा. शिवमाया तुम्बाहाम्फे उपसभामुख छिन् ।
उनले ओलीले उपसभामुखबाट राजीनामा दिनको लागि गरेको आग्रहसमेत अस्विकार गरेकी छिन् । उनले आफूले नै सभामुख पाउनुपर्नेसमेत माग गरेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here