रौतहट,२२ मंसिर /
राैतहटकाे चन्द्रपुर नगरपालिकामा नगर स्तरीय कराते प्रतियोगित सम्पन्न भएको छ ।
कराते महासंघ रौतहट शाखाको आयोजनामा शनिबार चन्द्रपुर नगरपालिकाको वाड नं. ३ गैडाटारमा आयोजित प्रतियोगिता सुुप्रिया पोखरेल र संजिव राईलाइ उत्कृष्ठ खेलाडी घोषणा गदै नगद ५/५ हजारको धनराशी सहित सम्मान गरिएको थियो ।
चन्द्रपुर ३ को आर्थिक सहयोगमा सम्पन्न उक्त खेलमा चन्द्रपुर नगर क्षेत्रका बिभिन्न तौलका १ सय ५० भन्दा बढी महिला तथा पुरुष खेलाडी सहभागिता भएका थिए । प्रतियोगितामा २५,३०,३५,४०,४५,५०,५५ र ६० केजी तौलका खेलाडीहरु सहभागिता जनाएका थिए । हरेक तौलमा प्रथम द्धितिय र ततिृय भएका खेलाडीहरुलाइ मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो । संघका रौतहट अध्यक्ष अशोक कुमार पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा वाड नंं ३ का वाड अध्यक्ष बोधराज देबकोटा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष देबकोटाले खेल क्षेत्रको बिकाश गर्नको लागी सदैब तयार रहेको बताएका छन ।
कार्यक्रममा समाजसेवी अध्यक्ष राजु धामीले खेल जगतको बिकाश आजको आवश्यकता भएको बताएका थिए । समापन कार्यक्रममा संचारकर्मी रमेश तिमल्सेना, दिपेश पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here