सर्लाही,१४ मंसिर। सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नम्बर १ मा मदानस्थल नजिक बम फेला परेको छ । वडाध्यक्षकालागि भइरहेको मतदानस्थल नजिक नजिक शक्तिशाली बम फेला परेको प्रहरीले जनाएको छ । वडा नंं। १ को कार्यालय स्थित मतदान स्थलबाट करिब साढे ३ सय मिटर उत्तर पानीखाने लोटा भित्र बम राखिएको थियो । लोटाबाट तार निकालेर मोबाईलमा जोडिएको अबस्थामा बम फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मोबाईलमा बिहान ८ बजेर ५ मिनेटको समयमा विष्फोट हुने समय समेत मिलाईएको सुरक्षा स्रोतले जनायो । सुरक्षा स्रोतका अनुसार फेला परेको बममा पिईके बिस्फोटक पदार्थ भरिएको थियो । बिष्फोट हुनुभन्दा अगाडी नै स्थानीयले बम देखेपछि नेपाली सेना रणशेर गणबाट आएको बम डिस्पोजल टोलीले निष्कृय पारेको थियो । तर प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार वस्तु शक्तिशाली बमजस्तै देखिएपनि डिस्पोजगर्न जाँँदा बम नभएको पुष्टि भएको छ । स्थानीयहरुलाई तर्साउनकालागि बम जस्तो देखिने समाग्री राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here