रेडखबर डेक्स ।
रौतहट, ११ मंसिर ।
समाजवादी पार्टी युवा संघका अध्यक्ष एवम प्रदेश नं. २ का भुमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव आफना पार्टी नेताका विरामीको अवस्था बुझन भरतपुर पुगेको छन् ।
चितवनको भरतपुर मेडिकल कालेजमा उपचारार्थ रौतहट सिर्सिया निवासी समाजवादी पार्टीका नेता शंकर चौधरी कलबारको श्रीमतिको अवस्था बुझन गएका हुन् ।
नेता कलबारका पत्नीको अवस्थाबारे उपचारमा संलग्न डाक्टरहरुसंग बुझदा निजको ब्रेन हयाम्रेज भएको तर नियन्त्रणमा रहेको प्रतिक्रिया पाएका पछि राज्यमन्त्री यादव फर्केको उनका निजी सचिव दिनेश यादवले जानकारी गराएका छन् ।
राज्यमन्त्रीको पदमा बहाली भए पनि उनी जिल्लाका समान्य व्यक्ति तथा आफना नेता एवम कार्यकर्ताहरुसंग निरन्तर भेटघाटमा रहने गरेका छन् ।