जनकपुरधाम, ११ मंसिर ।
समाजवादी पार्टीका अध्यक्ष एवम उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले देशलाई बिखण्डन गर्न खोज्ने केही तत्वहरुले गौर हत्याकाण्डको कुरा उठाएको टिप्पणी गरेका छन् ।
प्रदेश नं. २ को राजधानी जनकपुरमा बुधवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री यादवले राष्ट्रिय एकता खलबल्याएर देशलाई विखण्डनको बाटोमा लैजान चाहने शक्तिले गौर हत्याकाण्डको कुरा उठाएकोे बताएका हुन् ।
मंसिर १४ गते हुन गई रहेको उपनिर्वाचनमा महोत्तरीको पिपरा गाउँपालिकाका आफ्नो पार्टी उम्मेद्वारको प्रचारप्रसार गर्न जाने क्रममा जनकपुर आएका यादवले गौर हत्याकाण्डको धम्की देखाएर मधेसलाई दबाउन खोजेकाले यस्तो कुरा गर्नु गलत रहेको बताए ।
उनले सप्तरी हत्याकाण्ड, झापा हत्याकाण्ड, माडी हत्याकाण्ड लगायत देशमा विभिन्न हत्याकाण्डहरु भएको उल्लेख गर्दै भने, ‘यी सबै कुरा उठाउँदै गएमा के परिणति आउँछ ? त्यति ठूलो जनयुद्ध कहाँ पुग्छ ?’
एक अर्को प्रसंगमा उपप्रधानमन्त्री यादवले मन्त्रिमण्डल फेरबदल सामान्य विषय रहेको बताउँदै हटाइएका राज्यमन्त्रीको ठाउँमा पनि अर्को राज्यमन्त्री नियुक्त गरिने स्पष्ट पारे । उनले अहिलेको संविधानमा त्रुटि र कमीकमजोरी रहेकाले संविधान संशोधनका लागि यो नै सही समय रहेको समेत बताए।
संविधान संशोधनका लागि अब प्रक्रिया छिट्टै अघि बढाइने भन्दै मन्त्री यादवले कानुन निर्माणका केही प्रक्रिया समेत अघि बढ्ने बताए।
Home मुख्य समाचार देशलाई बिखण्डन गर्न खोज्ने तत्वले गौर हत्याकाण्डको कुरा गरेको छ: उपप्रधानमन्त्री यादव...