रौतहट, ११ मंसिर ।
रौतहटको ईशनाथ नगरपालिकाको वडा नं ४ मा रहेको माध्यमिक विधालय मठियाको छात्राहरुलाई बुधबार एक कार्यक्रमका विच साईकल वितरण गरिएको छ ।
प्रदेश नं. २ को सरकारले ल्याएको योजना बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्र्तगत विधालयमा अध्यनरत ५५ जना छात्राहरुलाई नगरपालिकाले साईकल वितरण गरेको हो ।
नगरपालिकाका नगरप्रमुख सन्तोष कुमार मेहता एवम निमित प्रमुख प्रशासकिय अधिकृत नन्नकिशोर गुप्ताले छात्राहरुलाई साईकल वितरण गरेका हुन् ।
नगरपालिकाका आवश्यक सबै विधालयका छात्रछात्राहरुलाई क्रमिकरुपमा विधालय आवात जावतका लागि साईकलको व्यवस्था मिलाईने नगरप्रमुख मेहताले बताए ।
नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत गुप्ताले आफु शिक्षाक्षेत्रबाट आएको र शिक्षाका सुधारका लागि हरेक प्रकारको कोशिश गर्ने बताए ।

Image may contain: 5 people, text


साईकल वितरण कार्यक्रममा विधालयका प्रधानाध्यापक भिखर पटेल, वडा नं. ४ का बडा अध्यक्ष इद महमद लगायत दर्जन व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here