रौतहट, १० मंसिर ।
रौतहटको राजपुर नगरपालिकामा साक्षरता अभियान कार्यक्रम एक दिने गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाको ४ वटा वडाहरुमा अहिले संचालनमा रहेको साक्षरता अभियान कार्यक्रमलाई लक्षित गरि गोष्ठी संचालन गरिएको आयोजकले जनाएको छ । नगरपालिकाको वडा नं.१, २, ४ र ७ मा आउदा दिनहरुमा पुर्ण साक्षरता नगरपालिका बनाउने लक्ष्य लिएको नगर प्रमुख मोहमद सकिल अख्तरले बताउनु भएको छ ।
त्यस्तै राजपुर नरपालिकालाई पुर्ण साक्षरता बनाउनका लागि दिन रात कमर कसि काम गर्ने र आवश्यक परेको ठाउँमा सिपको पनि सृजना समेत गर्ने निमित प्रमुख प्रशासकिय अधिकृत बैजू ठाकुरले प्रतिबद्धता जाहेर गरेका छ्न ।
कार्यक्रममा नगरपालिका वडा अध्यक्षहरु, शाखा प्रमुख लगातका उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको छ ।