रौतहट, १० मंसिर ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाको मेयर र उपमेयर भागबण्डा नमिल्दा नगरसभा अन्यौलमा रहेको छ ।
नगर सभा नगरपछि नगरक्षेत्र मित्रका कर्मचारी तथा शिक्षकहरु पाच महिना देखि तलब भता खान पाएका छैन्न ।
दोस्रो चौमासिक निकाषाको प्रक्रिया अगाडी बढेका बेला दशै,तिहार तथा छठ जस्ता महानपर्वहरुमा नगर भित्रका शिक्षक, स्वास्थ्यकर्मी, पशु तथा कृषि कर्मचारी लगायत नगरपालिकामा कार्यरत कर्मचारीहरुले तबल खान पाउदा आक्रोशित बनेका छन् ।
दशै तिहार अगाडी आक्रोशित भएका शिक्षकहरुले नगरपालिकामा धर्ना दिनुका साथै विधालय बन्द समेत गरेका बेला नगरपालिकाले गरेको सम्झौता भने अझै नगरपालिकाले लागु गरेको छैन् ।
बालबालिका तथा समाजिक सुरक्षा भता निकासा गराएका नगरपालिकाले आन्तिरीक मेलमिलाप नभए पछि वडाका सचिबहरुले पेशकी लिए पनि वितरण गर्न सकेको छैन् । पेश्की पाएका सचिवले बढी विवरण पेश गरि निकासा गराएको अभियोगमा नगरपालिकाको वडा नं. १ का सचिब उमेश सोनीलाई नगरपालिकाका केही व्यक्तिहरुले कुटपिट समेत गरेका थिए कुटपिट पछि उत्पन्न भएको विवादले नगरपालिकाको कुनै वडाको पनि बालबालिकाहरुको रकम तथा समाजिक सुरक्षाको रकम पेशकी लिएकाहरुकै जिम्मामा रहेको छ भने रकम हिनामिना गरेको भन्दैं अख्तियार दुरुपयोग आयोगमा उजुरी समेत परेको स्रोतको दावी छ ।
पटक पटक नगरपालिका मेयर गोपाल राय यादव र उपमेयर कान्ति देवी विचको भागबण्डाका कारण ढिलो हुने गरेको नगरसभाले जनप्रतिनीधीहरुलाई असर नपरि आम जनता तथा कर्मचारी र सेवाग्राहीहरुमा पर्ने गरेको देखिन्छ ।
नगर भित्रका बासिन्दाका अनुसार नगरपालिकाको नगरसभा देखावटी रुपमा नभए पनि आन्तिरीक रुपमा भन्ने भै नै सकेको र मेयर यादव र उपमेयर देवी आफना सबै योजनाहरुको कागजहरु अन्य आर्थिक वर्षहरु झै यस वर्ष पनि तयारी गर्न लागेको आरोप लगाउछन् ।
स्थानियहरुले गरेको दावी अनुसार नगरसभा भए पछि सबै जनताहरुको प्रत्यक्ष आखा गई नगरका विकासको योजना संचालनमा दवाब पर्ने डरका कारण प्रमुख र उपप्रमुख सबैको आला छल्न यस्तो ढिलो नगरसभ ागर्ने गरेको रहेको छ ।
नगरपालिकाको अन्य कार्यहरु भई रहदा नगरसभाले केही असर नपर्ने भएकाले पनि नगरसभा नगराएको आक्रोशित स्थानियहरु बताउछन् ।
नगर सभाका कारण नगर भित्र रहेका १९० शिक्षक,५० स्वास्थ्यकर्मी,१० पशु तथा कृषि र ४० जति नगरपालिकाका कर्मचारीहरु तलब भता नखाएकै बेला नगरपालिकाले भन्ने मेयर र उपमेयरको आन्तिरीक मेलमिलापमा नगरपालिकालाई ठुल्लै क्षति पुग्ने कार्य गरेको पाईएको छ ।
अन्य अन्य बेला करिब ३ करोडमा हुने नदी ठेक्का भन्ने नगर प्रमुख र उपप्रमुखको मिलोमतोमा १ करोड १० लाख न्युनतम दर राखि १ करोड ११ लाखमा दिएको स्थानियहरुको भनाई रहेको छ ।

पाच महिना बित्न लाग्दा पनि शिक्षक कर्मचारीहरुले तलब तथा नखाएको बेला नगरपालिकामा बसी नगर सभा सम्बन्धि आवश्यक छलफल गर्ने बेला न त नगरपालिकामा नगर प्रमुख गोपाल राय यादव नै जान्छन् न त नगर उपप्रमुख कान्ति देवी नै ।


नगरपालिकालको दैनिक कामकाज त प्रभावित भएको देखिन्छ नै यस्तो जाडोको बेला तथा महानपर्वहरुका बेला समेत आफना नगरका बालबालिका तथा बृद्धबृद्धाहरुले पाउने अनुदान रकम नपाउनु कतिको दुर्भाव्य हो ? साचोको विषय बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here