रौतहट, १० मंसिर ।
समाजवादी पार्टीका बरिष्ठ नेता एवम प्रदेश नं. २ काम मुख्यमन्त्री लालबाबु राउत गद्दीले एशियामै सबैभन्दा बढी दलितको अधिकार प्रदेश नं. २ मा रहेको दावी गर्नु भएको छ ।
रौतहटको समनपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आफना प्रदेश सरकारमा सबैको समान्न अधिकार रहेको र खास गरि दलितहरुको अधिकार अन्यको अधिकार बढी रहेको बताउदैं सम्भवत त एशियाको कुनै पनि देशमा यति अधिकार दलितको नभएको बताए ।
मुख्यमन्त्री राउतले आफना उम्मेदवार दिनेश दासलाई जिताउन आग्रह गर्दै विकासका सबै कार्यका साथै सबै क्षेत्रको सहभागीताका लागि समाजवादी पार्टीको आवश्यकता रहेको समेत बताउनु भयो ।
शनिवार हुने उपनिर्वाचनमा आफना पार्टीका टुहुरा उम्मेदवार दासको चुनाव चिन्ह पंजामा मतदान गर्नमा सबैमा अपिल गरेका छन् ।

गढीमाई नगरपालिकाको वडा नं. २ समनपुरको चौरीमा आयोजना गरिएको चुनावी सभामा प्रदेश भुमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले आफना सरकारले अन्य सरकार भन्दा जनप्रिय कार्यक्रमहरुलाई महत्व दिएकोले आफना उम्मेदवार दिनेश दासलाई जिताउन आग्रह गरेको थिए ।
सभामा राष्टिय सभा सदस्य रामप्रित पासवान, प्रदेश सांसद रामकिशोर राय यादव, गरुडा नगरपालिकाका मेयर इन्नु राय यादव, माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र राय यादव, देवाही गोनाही नगरपालिकाका मेयर धमेन्द्र पटेल, जिल्ला इन्र्चाज बृजकिशोर यादव, सहइन्र्चाज विरेन्द्र राय यादव लगायत सयौं नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको संचालन युवा नेता जयनाथ यादवले गरेको थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here