रौतहट, ९ मंसिर ।
स्वतन्त्र विधार्थी युनियन जन ज्योति बहुमुखि क्याम्पसले सहमति र सहकार्यमा काम नभएको भन्दै आपति जनाउदैं क्याम्पस संचालक समितिलाई सोमबार ध्यानार्कष पत्र बुझाएको छ ।
विगतका दिनमा गरिएको सहमति र सहकार्य अनुसारनै कार्य हुँदै आएकोमा अहिले नयाँ संचालक समितिले वेवास्ता गरी कार्य सम्पादन गरिएको भन्दैं स्वतन्त्र विधार्थी युनियन जनज्योति बहुमुखि क्याम्पसले असन्तुष्टि व्यक्त गर्दै सो पत्र बुझाएको हो। स्वतन्त्र विधार्थी युनियनलाई समेत बेवास्ता गरी बहुमतको दम्भले सहमति तथा सहकार्य बिना नै अघि बढेको र कार्य सम्पादन गरिएकोमा आपति रहेको स्वतन्त्र विधार्थी युनियन जनज्योति बहुमुखि क्याम्पस चन्द्रनिगाहपुरका स्ववियु सभापति संगम श्रेष्ठले बताउनुभयो ।

No photo description available.


क्याम्पस व्यवस्थापन समितिका सदस्य सचिव तथा क्याम्पस प्रमुख बलराम प्रसाद गौतम र सेवा समितिका संयोजक तथा क्याम्पस व्यवस्थापन समितिका सदस्य बालकृष्ण श्रेष्ठलाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

Image may contain: 3 people, people standing

क्याम्पसका नयाँ समितिले सहमति तथा सहकार्य बिना गरेका सम्पुर्ण कार्यहरु तुरुन्तै सच्याउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको स्वतन्त्र बिद्यार्थी युनियन जनज्योति बहुमुखि क्याम्पसका स्ववियु सभापति संगम श्रेष्ठले बताउनुभयो।
नसच्याएमा क्याम्पसमा हुने घटनाको जिम्मेबारी क्याम्पस व्यवस्थापन समिति नै हुने श्रेष्ठको भनाई रहेको छ। राजनितिक कारणले जन ज्योति बहुमुखि क्याम्पसमा लापरवाही नगर्न ध्यानाकर्षण पत्र मार्फत सम्पुर्ण नयाँ व्यवस्थापन समितिलाई आग्रह गरिएको स्ववियुका सभापति श्रेष्ठले थपे । स्वतन्त्र विधार्थी युनियनले बुझाएको ध्यानकर्षण पत्रका बारेमा गम्भिर रुपमा लिएको जन ज्योति बहुमुखि क्याम्पस चन्द्रनिगाहपुर व्यवस्थापन समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here