रौतहट, ८ मंसिर ।
रौतहटको बौधिमाई नगरपालिका सरमुजवाले कार्यालय प्रमुखको रुपमा उपसचिव पाएका छन् ।
रौतहट जिल्लामा रहेको १८ स्थानिय तह मध्ये १६ मा उप सचिवको दरबन्दी भए पनि जम्मा ३ नगरपालिकामा उपसचिब रहेको बेला बौधिमाई नगरपालिकामा उपसचिव शरद कुमार भण्डारी आएसंगैं उपसचिवको संख्या चार भएको छ ।
निमित प्रमुख प्रशासकिय अधिकृतको भरमा चलि रहेको उक्त नगरपालिकामा दरबन्दी अनुसारको प्रमुख प्रशासकिय अधिकृत आए पछि नगरप्रमुख राजिब रंजन यादव लगायत उनका नगरकार्य समितिसदस्यहरु खुशी भएका छन् ।
काठमाण्डौं पुर्ननिर्माण कार्यालयमा कार्यरता उपसचिव भण्डारीको सरुवा बौधिमाई नगरपालिकामा गत साता भए पनि उनी आईतबार नगरपालिका हाजिर भएका हुन् ।
नगरपालिकामा आएका प्रमुख प्रशासकिय अधिकृत उपसचिब भण्डारीको स्वागत नगर प्रमुख राजिव रंजन यादवले फुलमाला तथा अबिर लगाई गरेको थिए ।
नगर प्रमुखको स्वागत पछि नगरपालिकाका अन्य जनप्रतिनिधीहरु तथा कर्मचारीहरु उपसचिब भण्डारीको स्वागत गरेका थिए ।
यस अगाडी निमित प्रमुख प्रशासकिय अधिकृतको भुमिकामा रहेको विरेन्द्र चन्द्रबंशीको समायोजन रौतहटकै ईशनाथ नगरपालिकामा भएको छ ।
निमित प्रमुख प्रशासकिय अधिकृतको भुमिकामा रहनु भएका चन्द्रबंशीले नगरविकासका सबै कार्यमा नियमितताका साथ सधै लागि रहेको र नगरपालिको व्यवस्थापनमा पनि सराहनीय भुमिका खेलेको जनप्रतिनिधी तथा कर्मचारीहरुले बताएका छनु ।