पोखरा, ८ मंसिर ।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसिले प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानिय तहको उपनिर्वाचन लाई लघु जनमत संग्रहका रुपमा लिनुपर्ने बताएका छन ।
काग्रेस पोखरा महानगरपालिका ९ वडा कमिटिले सोमबार साझ गरेको भेलालाइ सम्बोधन गर्दै नेता केसिले लोकतन्त्र र एकदलिय शासन मध्ये कुन रोज्ने भन्ने कुराको लघु जनमत संग्रह उपनिर्वाचन भएको बताएका हुन।
उनले बर्तमान सरकार संचार क्षेत्र, न्यायालय, प्रहरी प्रसासन तथा मानव अधिकार लागायतलाइ तर्साएर अधिनायकावादी शैली बाट अगाडि बढेको भन्दै आउदै गरेको उपनिर्वाचनमा जनताले विवेकको मत प्रयोग गर्नु पर्ने बताए।
कांग्रेसले जित्दा लोकतन्त्र बलियो हुने तथा हार्दा लोकतान्त्रिक पद्धति नै धरापमा पर्न सक्ने भन्दै नेता केसिले मतदाताको एकएक मतको उपनिर्वाचनमा महत्वपूर्ण अर्थ हुने बताए ।
कार्यक्रममा कास्की २ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका खेमराज पौडेलले उपनिर्वाचनमा कांग्रेसलाई जिताउन भन्दा पनि लोकतान्त्रिक ब्यवस्था लाई जोगाउन मतदान गर्न मतदातालाइ आग्रह गरे ।
उनले आउदै गरेको निर्वाचनमा कांग्रेस प्रती जनताको सद्भाव देखिएको भन्दै पार्टिका सिर्श नेता हरु समेत एकजुट भएर उपनिर्वाचनमा होमिएको बताए ।
पौडेललाई पोखरामा त्यागी नेताका रुपमा लिइएको छ । लामो समय शिक्षण पेशामा सक्रिय रहेका उनलाइ पोखरेली हरुले खेमराज गुरुका नामले समेत चिन्ने गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here