रौतहट, ७ मंसिर ।
रौतहट जिल्लाको विकट नगरपालिकाका रुपमा रहेका फतुवा विजयपुर नगरपालिकाको नगर सभा नहुदा विगत ५ महिना देखि शिक्षक तथा कर्मचारीहरुले तलब भता खाएन पाएका छैनन् ।
नगरप्रमुख तथा उपप्रमुखको भागबण्डा नमिले पछि रोकिएको नगरसभाको मारमा प्रत्यक्ष रुपमा भन्ने नगरपालिका भित्र रहेका विधालयका शिक्षकहरु तथा नगरपालिकामा कार्यरत कर्मचारी, स्वास्थ्यका कर्मचारी र कृषि तथा पशुका कर्मचारीहरुमा परिरहेको छ ।
दोस्रो चौमासिक निकाषाको प्रक्रिया अगाडी बढेका बेला दशै तिहार र छठ जस्ता महत्वपुर्ण पर्वहरुमा नगर भित्रका शिक्षक तथा कर्मचारीहरु तलब भता नपाउदा पटक पटक आक्रोशित बनेका समेत बनने गरेका छन् ।
दशै तिहार अगाडी आक्रोशित भएका शिक्षकहरु नगरपालिका धर्ना दिनुका साथै विधालय बन्द समेत गरेका बेला नगरपालिकाले गरेको सम्झौता भन्ने अझै लागु हुन सकेको देखिदैंन ।
तिहार तथा छठ पर्वका बेला जेनतेन गरेर बालबालिका तथा समाजिक सुरक्षाको रकम हात पारेको नगरपालिकाले बालबालिकाहरु र बृद्धबृद्धाहरुलाई केही मात्रामा वितरणको कार्य गरे पनि तिनलाई शिक्षा दिक्षा दिने शिक्षक तथा समाजमा भएका समस्याहरुको पहिचान गर्ने स्वास्थ्य, नगरपालिका र कृषि तथा पशुका कर्मचारीहरुलाई भन्ने कुनै वास्ता गरेनन ।
पटक पटक मेयर गोपाल राय यादव र उपमेयर कान्ति देवी विचको भागबण्डाका कारण ढिलो हुने गरेको नगरसभाले जनप्रतिनिधीहरुलाई केहि असर नगरे पनि नगरपालिकाको विकासकार्यमा भन्ने प्रत्यक्ष असर पारेको छ ।
स्थानियहरुका अनुसार मेयर र उपमेयरको सबै कार्य भित्र भित्र हुने र बाहयरुपमा देखाउन जनतामा लडने कार्य गरेको आरोप रहेको छ ।
वितेको मंसिर ५ गते हुने नगरसभाले तलब लगायतका अन्य समस्याहरु समाधानका लागि बाटो खुल्ने आशमा रहेका नगरपालिका भित्रका शिक्षक कर्मचारीहरुको मात्रै नभई सर्बसाधारण समेतको आश मरेको छ ।
स्थानियबासीका अनुसार मेयर यादव तथा उपमेयर कान्दि देवीले नगरसभा अगावै आफना सबै योजनाहरु भित्र भित्रै तयार गरि कार्य आरम्भ गर्ने गरेको र पछि आई आर्थिक वर्ष समाप्तिका बेला नगरसभाको नौटंकी गरि गरेका कार्य अनुमोदन गरि रकम भ्वाम पार्ने गरेको गुनासा गरेका छन् ।
नगर भित्र रहेका करिब १९० शिक्षकहरु, ५० स्वास्थ्यकर्मीहरु र १० कृषि तथा पुश कर्मचारीहरु तथा नगरपालिकामा कार्यरत ४० कर्मचारी गरि जम्मा २९० जनाले हाल सम्म तलब भता खान पाए छैनन् ।
मंसिर ५ गते हुने भनिएको नगरसभा के कति कारणले रोकिएको हो ? भन्ने प्रतिक्रियामा केहि दिन अगाडी मात्र नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा आएका जयचन्द्र साहले भन्ने आफुलाई यसबारे केहि जानकारी नभएको र यसको विस्तृत जानकारी मेयरसाहबलाई मात्र भएको प्रतिक्रिया दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here