रौतहट, ७ मंसिर ।
रौतहटको कटहरिया नगरपालिकाले गरेको शिक्षकहरुको विवाद लगभग सकिएको छ ।
कटरहिया नगरपालिकाको माध्यमिक विधालय भसेढवामा सरुवा गरिएका शिक्षक सचिन्द्र यादव विधालयमा हाजिर भए पछि विवाद समाधान तर्फ गएको हो ।
मावि भसेढवामा कार्यरत प्रधानाध्यपक राममंगल राय यादवलाई गाउकै महिला प्राथमिक विधालय र श्री जनता माध्यमिक विद्यालय कटहरियाका मावि स्तरका अंग्रेजी शिक्षक सचिन्द्र प्रसाद यादवलाई कटहरिया नपा वडा नं १ अन्तर्गतको श्री माध्यमिक विद्यालय भसेडवामा प्रधानाध्यापकको जिमेवारी सहित आज हाजिर हुनु भने सरुवा गरे पछि विवाद उत्पन्न भएको थियो ।
समान्य तवरबाट उत्पन्न भएको विवादले उग्ररुप लिए पछि नगरपालिकामा तोडफोड गर्नुका साथै विधालय संचालन कार्य समेत केहि दिनका लागि बन्द भएको थियो ।
नगरपालिकाको सार्वजनिक सामग्री तोढफोड गरेको भन्दैं प्रहरीले शिक्षक तथा केही विधार्थीहरुलाई पक्राउ समेत गरेका थिए । नगरपालिकामा भएको तोडफोडबाट भएको क्षतिको विवरणका लागि छानविन टोली समेत गठन गरिएको थियो । नगरपालिकाले गरेको शिक्षक सरुवा तथा व्यवस्थापनमा नगरपालिका सफल भएको मानिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here