रौतहट, ६ मंसिर ।
रौतहटका किसानहरुले सख्खर उद्योगमा उखु दिन थालेका छन् । खेतमा उखु तयारी भएपछि तुरुन्त भुक्तानीका लागि किसानले सख्खर उद्योगलाई उखु दिन सुरु गरेका हो। गढिमाई नगरपालिका वडा नं. २ सुन्दरपुरमा रहेका सख्खर उद्योगहरुमा अहिले दैनिक ३ सय देखि ६ सय क्विन्टल उखु क्रसिङ्ग हुने गरेको छ ।
उखु क्रसिङ्ग गरेर दैनिक १० क्विन्टल सख्खर उत्पादन हुने गरेको उद्योगका सञ्चालकहरु बताउछन् ।
सख्खर उद्योगहरु मध्ये एकका संचालक शिवमंगल दासले किसानबाट प्रति क्विन्टल २ सयका दरले उखु खरिद गर्ने गरेको बताउछन्। समयमा भुक्तानीका लागि किसानले उखु विक्रिका लागि ल्याउने गरेको सख्खर उद्योगका सञ्चालकहरु बताउछन् ।

श्रीराम सुगर मिल गरुडाले समयमा भुक्तानी नदिएपछि सख्खर उद्योगलाई उखु विक्रि गर्न थालेको उखु किसान रामवचन साहले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here