रौतहट, ६ मंसिर ।
मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आफना उम्मेदवारलाई जिताउन पार्टीका जिल्ला तह देखि केन्द्रिय तहका नेता तथा कार्यकर्ताहरु अहिले चुनावी मैदानमा देखिएका छन् ।
यसै विच रौतहटको गढीमाई नगरपालिकाको वडा नं. २ मा उप निर्वाचनका लागि वडा अध्यक्षमा उम्मेदवारी दिएका आफना उम्मेदवार दिपेन श्रेष्ठलाई जिताउन नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधी सहित जिल्ला सभापति कृष्ण यादव लगायतका नेता कार्यकर्ताहरु आज घरदैलो गरेका छन् ।


गढीमाई नगरपालिकाको वडा नं. २ को समनपुर गाउ लगायत अन्यहरुमा आफना उम्मेदवार दिपेनलाई संगैं लिएर उपसभापति मतदाताहरुको घर घरमा गई रुखछापमा मतदान गर्न सबैलाई आग्रह गरेका छन् ।
घरदैलौ कार्यक्रमका लागि नै आएका काँग्रेस उपसभापति निधी आफना जिल्लाका सबै नेता तथा कार्यकर्ताहरुलाई हाललाई अन्य सबै कार्य छोरी आफना उम्मेदवार श्रेष्ठलाई जिताउन निर्देशन दिएका छन् ।


मतदाताहरुको घरमा पुगेका निधीले आफुलाई सबै मतदाताहरुले काँग्रेसको जित सुनिश्चि भएको विश्वास पाएको प्रतिक्रिया संचारकर्मीहरुलाई दिएका छन् ।
घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका वडा नं. २ का उम्मेदवार दिपेन श्रेष्ठ, उपसभापति बिमलेन्द्र निधी, जिल्ला सभापति कृष्णा यादव, रौतहट क्षेत्र नं. ४ का सांसद देव प्रसाद तिमिल्सीना, पुर्व सांसद जितेन्द्र्र यादव, बृन्दावन नगरपालिकाका मेयर रामस्नेही राय यादव, गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादव, उप मेयर सुभद्रा जयसवाल लगायत जिल्लाका सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here