file photo

काठमाडौं, ५ मंसिर।
पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा पुनरावदेन दर्ता गरेका छन् । जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पूर्वसभामुख महरा अदालत पुगेका हुन् । निवेदन दर्ता भइसकेको महराको वकिल मुरारी सापकोटाले समाचार दैनिकलाई जानकारी दिए । ‘उहाँले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम थुनछेकउपरको निवेदन दिनुभएको छ,’ उनले समाचार दैनिकसँग भने। संसद सचिवालयकी कर्मचारीसमेत रहेकी बृत्त नयाँबानेश्वर २६ ९३००की महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा उनलाई काठमाडौं जिल्ला अदालतले मुद्दाको पुर्पक्ष थुनामै रहेर गर्न भन्दै डिल्लीबजार कारागार पठाएको थियो । महराको निवेदनमाथि कैफियत प्रतिवेदन मागको लागि शुक्रबार इजलास पेस गरिँदैछ। त्यसपछि उनको निवेदन सुनुवाइको प्रक्रियामा जान्छ। महरालाई पुर्पक्षका लागि थुनामा डिल्लीबजार कारागार पठाएको १८ दिन भइसकेको छ । कानुनअनुसार गम्भीर प्रकृतिको मुद्दामा अदालतमा लगातार सुनुवाइ गर्नुपर्ने व्यवस्था छ । जबरजस्ती करणी गम्भीर खालको मुद्दा भएकाले लगातार सुनुवाइ गर्नुपर्ने व्यवस्था गरिएको हो । लामो समय भएमा मुद्दाका पीडित, साक्षीले विभिन्न कारणले बकपत्र फेर्ने सम्भावना हुने भएकाले कानुनमा मुद्दाको लगातार सुनुवाइको व्यवस्था गरिएको हो । महरालाई पुर्पक्षका लागि थुनामा डिल्लीबजार कारागार पठाएको १५ दिन भैसकेको छ । कानुनअनुसार गम्भीर प्रकृतिको मुद्दामा अदालतमा लगातार सुनुवाइ गर्नुपर्ने व्यवस्था छ । जबरजस्ती करणी गम्भीर खालको मुद्दा भएकाले लगातार सुनुवाइ गर्नुपर्ने व्यवस्था गरिएको हो । लामो समय भएमा मुद्दाका पीडित, साक्षीले विभिन्न कारणले बकपत्र फेर्ने सम्भावना हुने भएकाले कानुनमा मुद्दाको लगातार सुनुवाइको व्यवस्था गरिएको हो । यो खबर समाचार दैनिक अनलाईनमा प्रकाशन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here