रौतहट, ५ मंसिर ।
प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले कृषि क्षेत्रलाई औधोगिकरण गरि बेरोजगार युवाहरूलाई आत्मनिर्भर बनाउने कार्य तर्फ लागेको बताउनु भएको छ ।
गौरमा पशु सेवा केन्द्र रौतहटले आयोजना गरेको बिश्व मत्सय दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले अब केही दिनमै हरेक खेतमा पानी र हरेक घरमा रोजगार दिने बताएका छन् । किसान परिवारमा जन्मिएर संघर्षपूर्ण राजनीतिमा लागेको कृषि क्षेत्रको विकास गरेर आर्थिक प्रवद्र्धन गर्ने प्रदेश सरकारको प्राथमिकतामा रहेको उनले बताए।
मन्त्री साहले संघिय सरकारसित समन्वय र सहयोगमा प्रदेशको कृषि क्षेत्रको सम्भावनालाई अनुकुलित रूपमा कार्यान्वयन गर्दै औद्योगिक र व्यापारीकरण तथा बेरोजगार युवाहरूलाई रोजगारिकरण गर्ने दिशामा अगाडि बढाउने बताए ।
निर्यातकर्ताका रूपमा रहेको प्रदेश नम्बर २ का किसान अहिले आफ्नै कृषिमा आत्मनिर्भर बन्न नसकेको बताउँदै मन्त्री साहले कृषि, सिँचाइ, मल, मत्सय पालन, उन्नत बीउ विजन लगायत किसानलाई आवश्यक सामग्री समयमा उपलब्ध हुन नसकेकाले कृषि क्षेत्रबाट आर्थिक प्रवद्र्धन हुन नसकेकोमा दुख जताए। तर अब किसानलाई चिन्ता गर्नु नपर्ने भन्दैं प्रदेश सरकारले अब सबै समस्याको समाधान गर्ने विश्वास व्यक्त गरे।
प्रदेश नं २ को ८ जिल्लामा ८० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन आकासेपानीका भरमा खेतीपाती भइरहेकाले प्रदेश सरकारले किसानलाई कृषि क्षेत्रमा प्रोत्साहित गर्न आधुनिक सिँचाइ प्रविधिको विकास गर्ने कृषिमन्त्री साहले बताए । यसका लागि प्रदेशमा प्रभावकारी सिँचाइ योजना सञ्चालन गर्ने तयारी समेत रहेको बताए । ‘तराईमा सञ्चालित अधिकांश ठूला सिँचाइ आयोजना बन्द छन्, या त जीर्ण छन्’, मन्त्री साहले भने, ‘यी आयोजना प्रयोगमा ल्याउन ठूलो रकम खर्च हुने अवस्था छ, तर प्रदेश सरकारसित त्यति बजेट छैन, त्यसैले सिँचाइ सुविधाबिना कृषि क्षेत्रको विकास असम्भव छ ।’तर हामी प्रयासमा छौं ।
निर्वाहमुखी कृषि प्रणालीको अन्त्य गर्दै आधुनिक कृषि प्रणालीको कार्यान्वयन गर्ने आवश्यक सबै काम गर्ने प्रतिबद्धता समेत जनाए । कृषि क्षेत्र संकटमा परे, अर्थतन्त्र खतरामा पर्छ, उनले भने, ‘म किसान हुँ भन्दा अर्को व्यक्तिले किसान गरिब हुन्छन्, फाटेको लुगा लाउँछन्, भन्ने मान्यता अन्त्य गरी किसान धनी, उद्योगी हुन्छ भन्ने बनाउनुपर्छ ।’

समारोहमा प्रदेश सदस्य राम किशोर राय यादव, जिल्ला समन्वय समितिका उप प्रमुख राम बसिशठ राय यादव, देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र कुमार पटेल, माधव नारायण नगरपालिकाका नगर प्रमुख विरेन्द्र राय यादव, गरुडा नगरपालिकाका नगर प्रमुख इनु राय यादव, बौधिमाइ नगरपालिकाका नगर प्रमुख राजिव रन्जन यादव, समाजवादी पार्टीका नेता श्याम बिहारी यादव, समाजवादी पार्टीका जिल्ला इन्र्चाज बृजकिशोर यादव , महिला संयोजन सोभा साह लगायतका नेता तथा मत्सय ब्यापारिहरुको सहभागीता रहेकोे थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here