काठमाण्डौं,४ मंसिर ।
बिहीबार हुने नयाँ मन्त्रीमण्डमा यी दुई अनुहार देखिने लगभग निश्चित भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्रोतले जनाएको छ ।
भोली हुने मन्त्रीमयण्डल पुर्नगठनमा पूर्वमाओवादीको कोटाबाट लेखराज भट्ट र रामेश्वर राय यादव मन्त्री बन्ने लगभग पक्का भएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट एक नेता भन्छन्, ‘अन्तिम निर्णय त प्रधानमन्त्रीले गर्नुहुन्छ, तर पूर्व माओवादीको कोटाबाट उहाँहरु मन्त्री बन्ने लगभग पक्का हो ।’
माओवादी कोटाबाट मन्त्री बनेका कृषिमन्त्री चत्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरी हट्ने पक्का भएको छ । चौधरीको ठाउँमा कसलाई राज्यमन्त्री बनाउने भन्ने टुंगो लागेको छैन ।
यो समाचार अनलाईन खबरले लेखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here