रौतहट,३ मंसिर ।
रौतहटमा पर्ने पुर्व पस्चिम राजमार्गको लमाहा नजिकै रहेको लचका छेउमा टेक्टर संग मोटरसाइकल ठोक्किदा मोटरसाइकल मा आगजनी भएको छ । आगजनी भए पछि मोटरसाइकल चालकको घटनास्थलमा नै ज्यान गएको छ ।
बाराको निजगढतर्फबाट चन्द्रपुर आउदै गरेको ज १ त ३८५७ नम्वरको टेक्टरमा मोटरसाइकल ठोक्कीएको हो । मंगलबार बेलुकी करिब ७ बजेर २० को समयमा भएको घटनास्थलमा प्रहरी पुगेर आगो निभाएको छन् । मोटरसाइकल सडक बाट तल झरेर पुर्णरुपमा जलेको छ भने मोटरसाइकल नम्वर र मृतकको पहिचान हुन नसकेको तथा घटनाको पुर्ण बिवरण आइसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here