३ मंसिर
शिब बोहोरा । गोरु काटेर खाएको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । काठेखोला गाउँपालिका – १ पालाका चार जनाले पालाकै चिहानडाँडामा गोरु काटेर खाएको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४७ वर्षका यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसान पक्राउ परेका हुन् । उनीहरुको साथबाट गोरु काट्नका लागि प्रयोग भएका बन्चरो र दाउरा पनि बरामद गरेको प्रहरी नायब उपरिक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । उनीहरुलाई पशुवध सम्बन्धी कसुरमा मुद्दा चलाईनेछ । गाई गोरु मार्न र काट्न कानूनले निषेध गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।