रेडखबर डेक्स ।
रौतहट, २ मंसिर ।
अमेरिका भ्रमणमा रहनु भएका प्रदेश नं.२ का मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दी तथा उनका टोलीलाई रौतहटका प्रकाश भाईले अमेरिकाको पेन्सलभेनियामा स्वागत गरेको छ ।
प्रदेश नम्बर २ को माननिय मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी तथा प्रदेश नम्बर २ को प्रमुख न्यायाधिवक्ता दिपेन्द्र झा सहित अमेरिका पुगेका टोलीलाई भेटी प्रकाश भाईले स्वागत गरेका हुन ।
भेटघाटको क्रममा प्रदेश नम्बर ०२ को कामकारबाहि आगामी रणनीति एबम संघीयता कार्यान्वयनमा देखिएका चुनौती तथा सोको समाधान लगायतका विषयमा छलफल भएको हो । भेटघाटको क्रममै मुख्य मन्त्री राउतले युवा प्रकाश भार्इलाइ आफ्नो अध्ययन सकेर नेपाल फर्कन आग्रह गरेको प्रकाश भाईले जनाएको छ ।
मुख्यमन्त्री गद्दीले युवा पुस्ताले अब देश र प्रदेश हाक्नु पर्ने अवस्था छ, नेपाल फर्केर आफ्नो जिम्मेवारी बहन गर्न भनेका प्रकाशले जानकारी गराए ।
रौतहट रहदा प्रकाश भाई संघिय समाजबादी पार्टीको युवा नेताका रुपमा कार्यरत रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here