file photo

रौतहट २ मंशिर ।
रौतहटको कटहरियाले आफना नगर क्षेत्र भित्रको बजारमा पाठी र बाख्रा काटने कसाईलाई कडा कार्यवाही गर्ने चेतावनी दिएको छ ।
कटहरिया नगर बजारमा केही कसाईहरुले अत्यधिक नाफाका लागि पाठी र बाख्राको मासु बेचिरहेको समाचार प्रकाशन भए पछि कटहरिया नगरपालिकाले कार्यवाही तर्फ ध्यान दिएको हो ।
नगरप्रमुख सियाराम प्रसाद कुशवाहाको निेर्देशनमा जनप्रतिनिधी नन्दलाल पाशवान सहीत नगरपालिकाका कर्मचारी हरेन्द्र यादव, रामनरेस यादव सहीतको टोलीले आईतवार बजार अनुगमन गरेको हो ।
अनुगमनको क्रममा कटहरिया बजारका मासु ब्यवसायीलाई शुद्ध तथा सफा खसीको मासु बिक्री गर्न, पहिले सामान्य ग्राहकलाई पछिमात्र ब्यापारीलाई मासु विक्री गर्न निर्देशन दिएको थियो ।
बजारक्षेत्रमा पाठी वा बाख्रा काटेको पाईएमा बिक्रीगर्ने र खरीद गर्ने दुबैलाई कडाईका साथ कानुनी दायरामा ल्याउने चेतावनी दिएको नगरपालिकाका कर्मचारी हरेन्द्र यादवले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here