काठमाण्डौं, १ मंसिर ।
सदारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषद् पुनर्गठनको अधिकार दिएको छ ।
आईतबार बसेको नेकपाको सचिवालय बैठकले प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् पुनर्गठन तथा मन्त्रीको हेरफेर गर्ने अधिकार दिएको हो ।
लामो समयदेखि मन्त्री हेरफेरको तयारी गरिरहेका प्रधानमन्त्रीले आइतबार मन्त्री हेरफेरको अनुमति पाए सँगै भोलि नै फेरबदलको टुंगो लगाउने बताइएको छ ।
आईतबारको सचिवालय बैठकले नेकपा प्रवास समन्वय कमिटीको इन्चार्जमा विन्दा पाण्डेलाई चयन गरेको छ । कमिटीको अध्यक्षमा युवराज चौलागाईं तथा सचिवमा श्रीप्रसाद साह चयन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here