रौतहट,२९ कार्तिक ।
बम विस्फोटमा परी घाइते भएकालाई जिउदै ईटाभट्टामा जलाएको अभियोगमा पक्राउ परेका रौतहट क्षेत्र नं. २ का नेपाली कांग्रेसका सांसद एवं पूर्व मंत्री मोहमद आफताव आलमलाई रौतहट जिल्ला अदालतले पुर्पक्षको लागि गौर कारागार चलान गरेको छ ।
१० दिन सम्मको थुन्छेक बहस सके पछि जिल्ला न्यायधीश जिल्ला न्यायधिश दिपक ढकालको एकल इजलासले आलमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।
कार्तिक १८ गते अभियोग पत्र सहित पेश गरिएको आलमको बयान सकिए पछि बुधवार देखि थुन्छेक बहस शुरू भएको थियो ।
रौतहट जिल्ला अदालतका उपसचिव श्रेष्तादार गुणराज पराजुलीले अदालतले कर्तव्य ज्यान, बिस्फोटक पदार्थ र ज्यान मार्ने उद्योगको आरोपित आलमलाई मुद्दाको विशेषता, गंभीरता, सम्वेंदनशीलतालाई ध्यानमा राख्दै पछि हुँने गरी हाललाई मुलुकी फौजदारी कार्यविधि संहिंता २०७४ को दफा ६७ को उपदफा १ ख बमोजिम थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको जनाकारी गराए ।
अदालतले आरोपित आलम मधुमेह तथा उच्च रक्तचाप रोगको विरामी भएकोले सुविधा संपन्न अस्पतालबाट उपचार गराउने व्यवस्था मिलाउन समेत कारागार कार्यालयलाई आदेश दिएको श्रेस्तेदार पराजुलीले बताए ।

जाहेरवाला तथा नेपाल सरकारको साक्षीको समेत ज्यूज्यान र धनको सुरक्षा व्यवस्था मिलाउने गरी सामरक्षात्मक आदेश दिएको छ ।
सुविधा संपन्न कारागारमा हस्तान्तरण गर्नु पर्ने भएमा कारागार व्यवस्थापन विभागलार्इ समेत अनुमति प्रदान गरेको छ । १० पृष्ठको आदेश साझ ६ बजेर ६ मिनेटमा सार्वजानिक गरिएको थियो ।
आलमलार्इ लिएर सदरमुकाम गौरको विभिन्न ठाउ लगायत अदालतको वरिपरि व्यापक सुरक्षा व्यवस्था कड़ा बनाइएको थियो । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा पछि भएको पहिलो संविधान सभाको निर्वाचनको मतदान पूर्व संध्या २०६४ चैत्र २७ गते बेलुकी साढ़े ६ बजेको समयमा आफ्नो काका शेख इदरीसको गोठमा बूथ क्याप्चरिंग गर्ने उदेश्यले बनाउन लागेको वम विस्फोट हुदा घाइते भएका छोरा त्रिलोक प्रताप सिंह पिंटू र ओसी अख्तर घाइते भएकोमा उपचार गराउनुको साटो जिउदै ईटा भट्टामा हालेर लाश समेत गायव गरेको भन्दै मृतक पिंटूका बुबा श्रीनारायण सिंह र अख्तरका आमा रोक्साना खातूनले दिएको कीटाणी जाहेरीको आधारमा आलमलाइ रौतहट प्रहरीले घटना भएको ११ वर्ष पछि गएको असोज २६ गतेका दिन शेख इद्रिस गेट नजिकबाट हिरासतमा लिएका थिए ।
आदेश पछि आखा भरी आसु लिएर आलम अदालतबाट बहिरिएका थिए संचारकर्मीले सोधे पनि आलम मौन बसे । अभियोजनकर्ता नेपाल सरकारको तर्फबाट सह न्यायधिवक्ता सूर्य राज दहाल, उपन्यायधिवक्ता अर्जुन प्रसाद कोइराला, विद्वान जिल्ला न्यायधिवक्ता खडिण्ड्रा राज कटुवाल, रूद्र प्रसाद पंथी, सहायक जिल्ला न्यायधिवक्ता राम प्रसाद पंथी सहित ५ जनाले थुन्छेक बहस गरेका थिए ।
जाहेरवाला श्री नारायण सिंहको तर्फबाट वरिष्ठ अधिवक्ताहरु डाक्टर युवराज संग्रौला, डाक्टर श्री कुमार शर्मा आचार्य, दिनेश त्रिपाठी, अधिवक्ता आशिकराम कार्की, गोविन्द शर्मा बंदी, पुष्पराज पौडेल, ओमप्रकाश अर्याल र मनीष कुमार श्रेष्ठ गरी ८ जनाले बहस गरेका थिए ।
प्रतिवादी आलमको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ताहरु प्रेम बहादुर खडका, शेर बहादुर केसी, रमन कुमार श्रेष्ठ, यदुनाथ खनाल, गोपाल कृष्ण घिमिरे, अधिवक्ताहरु सुनील पोखरेल, मोहमद मजरुल हकÞ, अजय कुमार पटेल, योगेंद्र बहादुर अधिकारी, अनिरुद्ध महतो, सतीश कुमार झा, लालबाबू राय यादव, ब्रह्मदेव प्रसाद, संजीव कुमार मल्लिक, कृष्ण घिमिरे, रामदरेश प्रसाद, रामविनोद कुमार गिरी, अनंत अधिकारी, राजाराम राय यादव, हरिशंकर प्रसाद साह, नन्द किशोर साह, रामविनोद प्रसाद पटेल, सुरेश तिवारी, सवुरीलाल ठाकुर, रामबहादुर दास, शेख आविद हुसैन, किशोर राउत, आफताव आलम र सहित २८ जनाले प्रतिरक्षात्मक बहस गरेका थिए ।
अदालत समक्ष आलमले व्यान गर्दा राजनितिक प्रतिशोध साध्नको लागि झूठा आरोप लगाएको भनी जिकिर गरेका थिए । निर्वाचनको समयमा बम विस्फोट भएको भनी जाहेरवाला श्रीनारायण सिंह राजपूत, सफी अहमद, शंकर भनिने गौरीशंकर राम, प्रहरी निरीक्षक पपु नायक, प्रहरी नायव निरीक्षक दीपकं कुमार गुप्ता गवाह रहेका छन भनी घटना देख्नेहरुमा सरजूल मिया, मेवालाल राय यादव, रवि कुमार, रामसागरथ यादव, धरीक्षण साह तेली, शिव साह कानू, असगर अली खा, राजेश कुमार, शैलेन्द्र साह, उदय नारायण साह, राम बहादुर साह, सुनार राम, विजेंद्र साह, शेख ओलजाहिर, राजेश प्रसाद सहनी, उमाशंकर साह, गेनालाल साह कानू, शंकर साह तेली, परिक्षण साह तेली र हरिनारायण साह रहेका छन ।
अभियोग पत्रमा उल्लेखित घटना भएको सुनने हरुमा समसुल मिया, मोहमद जाजुल मिया, आमना खातून, ओहिद मिया कवाड़ी, सहजान खातून, कलाम मिया, जफरुल मिया, कमला देवी सिंह, जालिफ अंसारी, लखींद्र पटेल, प्रहरी नायव उपरीक्षक इन्द्र प्रसाद सुबेदी, प्रहरी नायव उपरीक्षक राजीव बहादुर बस्नेत, प्रहरी नायव निरीक्षक ईश्वर विक्रम साह, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक किरण कुमार गौतम, पूर्व प्रहरी महानिरीक्षक ओमविक्रम राणा, प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम कड़ेल अनुसन्धानको क्रममा कागज गरेका हुन । अभियोग पत्रमा कागज गर्नेहरुलाई समेत बुझी पाउनलाइ मांग गरिएको छ ।