रौतहट, २७ कार्तिक ।
नेकपाका प्रदेश अध्यक्ष एवम रौतहट क्षेत्र नं. ३ का सांसद प्रभु साहले मौलापुर नगरपालिका भित्र फेला परेका पुरातात्विक महत्व बोकेका स्थानहरुलाई अंतरास्ट्रीयकरण गराउने भएका छन् ।
आफनो जन्मस्थल समेत रहेको मौलापुरमा १२०० बर्ष पहिला ऐतिहासिक पुरतात्विक महत्वका ऐतिहासिक कर्नाटकालीन शिव मंदिर र ऐतिहासिक सहर उत्खनन भई फेला परेकाले त्यसलाई अंतरास्ट्रीयकरण गर्नका लागि सांसद साहले मधानी महोत्सवका लगाउने तयारीमा जुटेका छन् ।
बरिष्ठ पुरतात्विकबिद तरानन्द मिश्रका मौलापुर पुगेको साहले मधानी महोत्सवका लागि स्थानीयहरु संग बुधबार छलफल समेत गरेको छन् ।
यसै विच सांसद साह मौलापुर नगरपालिका अंतर्गत बनिरहेका पिकनिक स्पोर्टलाई अवलोकन गरेको उनका सहयोगी विजय यादव निर्विजले जानकारी दिएका छन् ।