रौतहट, २७ कार्तिक ।
ईशनाथ नगरपालिकाका नगर प्रमुख तथा प्रशासकिय अधिकृतको रोहबरमा बुधबार माध्यमिक विधालय डुमरियामा छात्राहरुलाई साईकल वितरण गरिएको छ ।
बेटी बचाउ, बेटी पढाउ अभियान अन्र्तगत नगरपालिकाले मा.वि.डुमरियाका ६२ जना छात्राहरुलाई साइकल वितरण गरेको हो ।
नगर प्रमुख सन्तोष कुमार मेहता एवम निमित प्रमुख प्रशासकिय अधिकृत नन्दकिशोर गुप्ताले स्थानियहरुको रोहबरमा उक्त विधालयका छात्राहरुलाई सो साईकल वितरण गरका छन् ।
नगर प्रमुख मेहताले विधार्थीहरुको मनोबाल बढाउन प्रदेश नं. २ बाट निधारित यस कार्यक्रमले छात्रा शिक्षा अझै जोड मिल्ने बताउनु भयो ।
त्यस्तै निमित प्रमुख प्रशासकिय अधिकृत गुप्ताले प्रदेश सरकारले ल्याएको यो नितिले छोरी शिक्षा प्रतिको आर्कषण बढनुका साथै छोरी चेलीको जिवन रक्षामा जोड पुगने प्रतिक्रिया दिनु भयो ।