रौतहट, २५ कार्तिक ।
बम विष्फोट गराएको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलमका हजारौं समर्थकहरुको मौन जुलुस सोमबार फेरि रौतहटको गौरमा निस्किएको छ।
जिल्ला अदालत गौरमा आलममाथि थुनछेक बहस चलिरहँदा उनका सर्मथकहरुले आफना नेताको रिहाईका लागि दोश्रो पटक मौन जुलुस निकालेका हुन्।

Image may contain: 5 people, people standing, crowd and outdoor

नेता आलमको निर्शत रिहाइको माग गर्दै निस्केको मौन जुलुस गौरको मधेशी क्रान्ति (बिपी) चोकबाट सुरु भई जिल्ला अदालत हुदै गौर भन्सार पुगेर टुंगिएको जुलुशमा सहभागी नेपाल तरुण दल रौतहटका सभापति मोहमद नौशाद आलमले बताए ।
यसअघि पनि उनका समर्थकहरुले मौन जुलुश निकालिएको थिए । नेपाली कांग्रेसको केन्द्रीय तहका नेताहरुले कानुनलाई सहयोग गर्न भनेपछि यहाका नेता कार्यकर्ताले २ पटक गौरमा मौन जुलुस प्रर्दशन गरेका हुन्।

गाउ गाउबाट आएका आलमका हजारौंको संख्यामा रहेको समर्थकहरु सहित निसकेको मौन जुलुसले बजारका मुख्यमार्ग भने केही समयका लागि अबरुद्ध भएको थियो भने सुरक्षाकर्मीहरुलाई भिड नियन्त्रण गर्न भ्याई नभ्याई भएको थियो ।


पहिलो संविधान सभाको निर्वाचनका बेला २०६४ चैत्र २७ गते रौतहटको राजपुर फरहदवामा गराएको बम विष्फोटको मुख्य नाइके रहेको भन्दैं रौतहट प्रहरीले आलमलाई १२ वर्षपछि गत असोज २६ गते शेख इन्द्रिस गेटबाट पक्राउ गरेको थियो । उनीमाथि विस्फोटका घाइतेलाई इँटाभट्टामा जिउँदै हालेर मारेको गम्भीर आरोप लागेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here