बारा २५, कात्तिक । विद्युत चुहावटमा संलग्न ३० जना बारा प्रहरीले पक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालय बारा तथा नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र बारा समेतबाट खटिएको कर्मचारी र प्रहरी समेतको संयुक्त टोलीले पक्राउ गरेको हो। टोलीले फेटा गाउँ पालिका ३ र ४ फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिका १ र २ बतरा, बरैनिया समेतका गाउँमा अवैध रुपमा विद्युत चुहावट गर्ने कार्यमा संलग्न रहेका ३० जनालाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूलाई प्रहरी नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जितसिंह राठौरले बताए।