जनकपुर २५ कार्तिक । दोस्रो संविधानसभाका सदस्य डा. चन्द्रमोहन यादव पेशाले चिकित्सक हुन् । नेपाली कांग्रेसका तत्कालिन महामन्त्री डा. रामवरण यादव राष्ट्रपति निर्वाचित भएपछि खाली भएको धनुषाको तत्कालिन क्षेत्र नम्बर ५ मा उपचुनाव हुँदा पहिलो पटक चन्द्रमोहनले निर्वाचनमा भाग लिए । त्यसअघि राजनीतिमा खासै चासो नराख्ने उनी बाबु राष्ट्रपति भएपछि उनको बिँडो सम्हाल्न निर्वाचनमा आएका हुन् । दुर्भाग्यवश उक्त निर्वाचनमा पराजित हुनुपरेका चन्द्रमोहन दोस्रो संविधानसभामा सोही निर्वाचन क्षेत्रबाट विजयी हुँदै सदनमा पुगे । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here