राैतहट, २५ कार्तिक ।
नेकपा राैतहटका जिल्ला कार्य समिति सदस्य नन्दलाल यादवले बर्तमान अवस्थामा विभिन्न संचारमाध्यमहरुकाे मन्त्री हेरफेरकाे समाचारलाई निराधार रहेको बताएका छन् ।
साेमबार विहानदेखि विभिन्न संचारमाध्यममा वर्तमान उधाेग मन्त्री मातृका यादवलाई हटाई अन्य व्यक्तिलाई मन्त्री बनाउने भन्ने समाचारहरु अाई रहदा अाफु र अाफ्नाे पार्टीको यश प्रति गम्भीर धान भएको जिल्ला सदस्य यादवले रेडखबरसंगकाे कुराकानीमा बताए ।
निरन्तर रुपमा देशका लागि राम्रा कार्य गरिरहेका मन्त्रीलाई प्राेत्साहन गर्नुकाे साटाे हटाउने कुरा सुन्दा दुखलागेकाे बताए ।
मन्त्रालय हेरफेर सम्बन्धमा भन्दै यादवले पार्टी एकीकरण पछि तत्कालीन एमालेबाट अाएका मन्त्री हेरफेर भए पनि हाल तत्कालीन माअाेवादीबाट बनेका कुनै मन्त्री हेरफेर नहुने ठाेकुवा गरेका छन् ।