रौतहट, २५ कार्तिक ।
नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलममाथिको बहस मंगलबार पनि हुने भएको छ । रौतहटको राजपुर फरदहवा गाविस–४ स्थित पूर्व मन्त्री शेख इद्रिसको गोठमा भएको बम विस्फोटको घटनामा आलममाथि कर्तव्य ज्यानसहित तीनवटा कसुरका विषयमा रौतहट जिल्ला अदालत बहस चलिरहेको छ ।

शुक्रबार सम्म पिडित र सरकार पक्षबाट चलेको बहस सम्पन भए पछि आईतबार प्रदेश सरकारले सार्वजनिक विदा गरे पछि सोमबार देखि आलम पक्षबाट बहस सुरु भएको हो ।
आलमतर्फबाट सोमबार रौतहट जिल्ला अदालतमा वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, सुनिल पोखरेल, योगेन्द्र बहादुर अधिकारी, कृष्ण घिमिरे भूषण र गोपाल कृष्ण घिमिरेले बहस गरेका थिए । प्रतिवादिका वकिलले प्रहरीको प्रतिवेदन, स्थलगत मुचुल्का, ठोस प्रमाण आलमविरुद्ध नरहेको, पहिलो स्थलगत मुचुल्का र पछिल्लो मुछिएकामा आलमको कतै सम्लग्नता न देखिएको तर्क गरेका थिए ।
आरोपमा भनिएको घटनास्थल भन्दा उपचारका लागि गएको घाईतको अस्पतालको दुरी ४५ किलो मिटर रहेको र घाईते व्यक्ति आफै हिडेर ९०० मिटर सम्म गई पुन मोटर साईकलमा चढी उपचारका लागि गएको जस्ता कपोकलपित कुराहरु बनाउनु ले नै घटना नभएको पुष्टी भएको जिकिर बरिष्ठ अधिवक्ता सुनिल पोखरेलले गरेको थिए ।
‘संविधानसभाको उमेदवार रहेकोमा राज्यकोतर्फ बाट ५ जना सुरक्षागार्ड बिच कसरी अपराध गर्छ, बम कसले कताबाट ल्याइयो, जलाएर मार्ने योजना बनाएको कसले देख्यो बिना प्रमाण निर्दोषलाई फसाउन खोजियो । निर्दोष रहेकाले बाहिर राखेर मुद्दा चलाउनु पर्छ,’ तर्क आलमका पक्षका अधिवक्ताहरुले राखेका थिए।
सोमबारबाट सुरु भएको आलम तर्फको बहसका बाकी अधिवक्ताहरुले मंगलबार बहस गर्ने जिल्ला अदालतले जनाएको छ ।
आलमको थुनछेक बहस चलिरहेकै बेला बमकाण्डमा घाइते भई मृत्यु भएका भनिएका ओसी अख्तर वैदेशिक रोजगारमा रहेको भनि उनका श्रीमति आमना खातनुले अदालतमा लिखित निवेदन चढाएकी छिन् । भने आजै पनि बहस कै क्रममा सरकारका तर्फबाट साक्षी भएका शंकर भने गौरीशंकर राम चमारले पनि घटनाबारे आफुलाई केही थाहा नभएको र बम नभई स्टोभ पडकेको भनि लिखित बयान सहितको निवेदन रौतहट जिल्ला अदालतमा बुझाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here