२४, कात्तिक

चालु आर्थिक वर्षको साढे ३ महिनामा चार हजार ६ सय ५७ वटा सडक दुर्घटना भएका छन्।सातवटै ट्राफिक प्रहरी कार्यालको तथ्यांक अनुसार यी दुर्घटनामा ५ सय ३८ जनाले ज्यान गुमाएका छन्। यस आधारमा हेर्दा दैनिक ५ जनाले सवारी दुर्घटनाका कारण ज्यान गुमाएको देखिन्छ। त्यस्तै दैनिक सरदर ४४ वटा दुघर्टना भएका छन्। यी दुर्घटनामा ४ हजार ६ सय ८८ जना घाइते भएका छन्। यस अवधिमा दसैं र तिहारमा सबैभन्दा बढी सडक दुर्घटना भएका छन्। यस अवधिमा सवारी दुर्घटनामा सबैभन्दा बढी प्रदेश ५ मा एक सय ४६ जनाले ज्यान गुमाएका छन्। त्यस्तै प्रदेश १ मा ८६, प्रदेश २ मा एक सय १०, प्रदेश ३ मा ७८, प्रदेश ४ (गण्डकी) मा ५९, प्रदेश ६ (कर्णाली) मा ३४ जना र प्रदेश ७ (सुदूरपश्चिम) मा २५ जनाले ज्यान गुमाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here