रौतहट,२१ कार्तिक।
नेपाली कांग्रेसका नेता,
पूवमन्त्री तथा सांसद आफताव आलमको जिल्ला अदालत रौतहटमा बयान सकिएको छ ।
लगातार तीन सम्म चलेको बयान बिहीवार दिउँसो सके पछि जिल्ला इजलास नं.४ का न्यायाधीश दीपक ढकालको इजलासमा आलमको बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो ।
पीडितका तर्फबाट न्यायधीवक्ता खडिन्द्रराज कटुवाल, अर्जुन कोइराला र सूर्यराज दाहालले जिकिर तथा बहस गर्दै जन्मकैदको माग गरेका थिए । त्यसअघि न्यायधीश ढकालले आलमसँग पछिल्लो तीन दिनमा ५१ वटा प्रश्न गरेका थिए । ती प्रश्नमा उनले इन्कारी बयान दिएका थिएका छन् ।
२०६४ चैत्र २७ गते भएको बम बिस्फोटको घटनाको मुद्दा नचल्ने तत्कालीन सरकारी वकिलले सुझाव दिएका थिए ? भन्ने प्रश्नमा आलमले ‘हो मुद्दा नचल्ने सिफरिस भएको’ भनी बयान दिएको जिल्ला न्यायधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए ।
बिहीबार सकिएको थुनछेक बहस शुक्रबार १०ः३० बजेदेखि हुने जनाइएको छ । बहसमा पीडितका तर्फबाट अधिवक्ता डा.युवराज संग्रौला, वरिष्ठ अधिवक्ता पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी, ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी र डा.कुमार शर्मा आचार्यले बहस गर्नेछन् ।
त्यसैगरी प्रतिवादी आलमको पक्षबाट वरिष्ठ अधिवक्ता शेर बहादुर केसी, योगेन्द्र अधिकारी, सुनिल पोखरेल, कृष्ण घिमिरे, शम्भु थापा लगायतले बहस गर्ने बताइएको छ । उनीहरु
विस्फोटमा परेर स्थानीय ओसी अख्तर, पिन्टु सिंह भनिने त्रिलोकप्रताप सिंहलगायत दर्जन बढी मानिस घाइते र केहीको मृत्युसमेत भएको थियो ।
२०६४ साल चैत्र २७ गते भएको बम विष्फोटबाट घाईते भएकाहरुलाई प्रमाण नस्ट गर्ने मनसायले आलमको इशारामा मृतकका साथै घाइते सबैलाई नसालु सुई लगाएर बोरामा राखी ट्याक्टरमार्फत गाँउनजिकैको इटाभट्टामा जिउँदै जलाएर हत्या गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।
सोही मुद्दामा सर्वोच अदालतको आदेशमा गत असोज २६ गते प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले आलमलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको हो ।
सरकारी वकिल कार्यालय रौतहटले आलम विरुद्ध कर्तव्यज्यान मुद्दामा २० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष तथा बिष्फेष्ट पदार्थ ओसारपसार तथा भण्डारण मुद्दामा २ वर्ष गरी ३२ वर्ष कैदसजायको मागदावी सहित मुद्दा दायर गरेको छ ।
आलमविरुद्ध मुद्धा दर्ता भएदेखि रौतहट सदरमुकाम गौरमा वीरगन्ज, हेटौँडा र काठमाडौँका वकीलहरुको चहलपहल बढेको छ ।