काठमाण्डौं, २१ कार्तिक ।
नेपाल सरकारले १ दर्जन भन्दा बढी निजि कलेजहरुको सम्बन्धन खारेज गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिएको जानकारी अनुसार सरकारी नियमको अवज्ञा गर्ने १५ कलेजको अनुमति खारेज गरिएको हो।
सम्वन्धन खारेज भएका कलेजहरुले धरौटी नबुझाएको, नवीकरणका लागि आवेदन नदिएको, सरकारको सम्पर्कमा नभएको, नवीकरण वापतको दस्तुर नबुझाएको कारण देखाइएको छ ।
सरकारले सरकारी नीति अवज्ञा गर्ने निजि कलेजहरुलाई अनुमति खारेज गर्ने निर्णय लिएको हो।
शिक्षा, विज्ञान एवं प्रविधि मन्त्री गीरिराजमणि पोखरेलले यसअघि नै निजि कलेजहरुलाई सरकारी मापदण्डमा आउन निर्देशन दिएका थिए। सरकारले लामो गृहकार्यपछि १५ कलेजको अनुमति खारेज गर्ने निर्णय गरेको हो।
खारेजा परेको कलेजहरु ः