काठमाडौं ।
प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानहरुमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपा र कांग्रेसले उम्मेदवारको टुंगो लगाएका छन् । समाजवादी पार्टी र राजपाबीच संयुक्त उम्मेदवारी दर्ताअघि उनीहरुले नाम टुंगो लगाउने छन् ।
भक्तपुरमा नेमकिपाले पनि आज टुंगो लगाउने जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार पत्रकार सम्मेलन गर्दै उम्मेदवारको मनोनयनपत्र दर्ता र अन्य तयारीहरु पूरा भइसकेको जानकारी दिनुभयो ।
कहाँ को ?
प्रतिनिधिसभा
कास्की २
विद्या भट्टराई (नेकपा)
खेमराज पौडेल (कांग्रेस)
रजनी केसी (साझा)
जमुना शर्मा (विवेकशील)
प्रदेशसभा
भक्तपुर १
देवीप्रसाद ढकाल (नेकपा)
कृष्ण भँडेल (कांग्रेस)
सुरज प्रधान (साझा)
बागलुङ २ क
खिमविक्रम शाही (जनमोर्चा)
जित शेरचन (कांग्रेस)
सन्तोष भण्डारी (विवेकशील)
दाङ ३ ख
विमला वली (नेकपा)
केशव आचार्य (कांग्रेस)
शिव चौधरी (साझा)