काठमाडौं, १८ कार्तिक।
सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नयाँ प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सचिवालय बैठकले सोमबार नयाँ प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।
सचिवालयले रिक्त रहेको प्रदेश प्रमुखको पदमा मनोनयन गर्न नेपाल सरकारसँग सिफारिस गर्ने निर्णय गरेको
सिफारिस गरिएको नयाँ प्रदेश प्रमुखहरुमा प्रदेश नं.१ का – शर्मिला त्रिपाठी (काठमाडौ), प्रदेश नं.२ का – धर्मनाथ यादव (सिराहा), प्रदेश नं.३ – अमिक शेरचन (चितवन), गण्डकी प्रदेशका – सोमनाथ अधिकारी प्यासी (कास्की), प्रदेश नं.५ – विष्णु प्रसाई (झापा), कर्णाली प्रदेश – तिलक परियार (बाँके), सुदुरपश्चिम प्रदेशका – गोविन्द कलौनी (डडेल्धुरा) रहेको सचिवालय स्रोतले जनाएको छ ।
नेकपा सचिवालयले गरेको सिफारिसलाई सोमबार अपरान्ह बसेको मन्त्रीपरिषदको बैठकले निर्णय गरि राष्टपति समक्ष नियुक्तिका लागि पठाएको हो ।
स्रोतका अनुसार राष्टपतिबाट सिफारिस भई आएका प्रदेश प्रमुखहरुको नियुक्ति भइसकेको र मंगलबार नयाँ प्रदेश प्रमुखहरुलाई सपथ खुवाउने तयारी रहेको छ ।
बैठकले गरेको सिफारिस अनुसार सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुख, तिलक परियारलाई प्रदेश २ प्रमुख, विष्णु प्रसाईलाई प्रदेश ३ प्रमुख, अमिक शेरचनलाई प्रदेश गण्डकी प्रदेश प्रमुख, धर्मनाथ यादवलाई प्रदेश ५ प्रमुख, गोविन्द कलौनीलाई कर्णाली प्रदेश प्रमुख र शर्मिला त्रिपाठीलाई प्रदेश ७ प्रमुखमा नाम सिफारिस भएको थियो ।
आइतबार सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेश प्रमुखको पदमुक्त गर्नु भएको थियो ।